फुस्रे खोलामा डुबेर कुश्माका सुवेदीको मृत्यु
पाेखरा | जेठ २६, २०८१
पोखरा: कास्कीको फुस्रेखोलामा डुबेर एक जना युवकको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्न पुगेका पर्वतको कुश्मा नगरपालिका १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको हो ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर पाएपछि खोज तलासका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भएको थियो ।
बेपत्ता सुवेदीको शव फुस्रे खोलाको २५ फिट गहिराइमा अड्किएर बसेको अवस्थाबाट झिकेको थियो ।
उक्त शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

